शनिबार, ०८ बैशाख २०८१

यादव र राई मन्त्री नियुक्त

१८ जेष्ठ २०७५, शुक्रबार १५:५८ मा प्रकाशित

काठमाडौँ, १८ जेठ  ः राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्री यादव संघीय समाजवादी फोरमका अध्यक्ष हुन भने राई पार्टी सचिव हुन।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

बांके क्षेत्र नं दुई बाट निर्वाचित मन्त्रि इश्तियाक राईको मंत्रिमंडलमा प्रवेशले मधेशी र मुस्लिम समुदाय हर्षित भएका छन ।

प्रधानमंत्री ओलीको दोस्रो चोटी सरकार बिस्तारको क्रममा यादव र राई संविधान संसोधन लगायत दुई बुंदा सहमति गरी सरकारमा प्रवेश गरेका हुन । नव नियुक्त मन्त्रिद्वय लाई केयर फॉउन्डेशनका अध्यक्ष मोबीन खान महासचिव अब्दुस सबूर लगायत फाउन्डेशनको परिवारले बधाई दिएको छ । साथै अहिले बनेको नया सरकार समानुपातिक समावेशी सरकार भएको भन्दै केयर फॉउन्डेशनले उपेन्द्र यादवको सरकारमा आगमनले मुस्लिम ,थारू, दलित, जनजाति ,मधेशी हरुको मांग सम्बोधन हुने ठहर गरेको छ ।

यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नु भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter