बुधबार, १२ बैशाख २०८१

स्वदेश फर्किएका कामदारका लागि कार्यपत्र

१४ असार २०७५, बिहीबार २३:५० मा प्रकाशित

काठमाडौँ, १४ असार (रासस) ः सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नामक संस्थाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै लगाउन सरकारलाई कार्यपत्र बुझाउने भएको छ ।

‘वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण, नीति, चुनौती र आगामी कदमहरु’ विषयको छलफलमार्फत संस्थाले कार्यपत्र बुझाउन लागेको हो । वैदेशिक रोजगारीबाट फर्किएकाको सीपलाई स्वदेशमा नै प्रयोग गर्न सरकारले के गर्नुपर्छ भन्ने नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले छलफल गरिएको संस्थाका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो । “स्वदेशमा लगानीको अवसर नहुँदा रोजगारीमा गएर फर्किएकाहरु पुनः रोजगारीका लागि विदेश जानुपर्ने अवस्था देखिएको छ”, कार्कीले भन्नुभयो । उहाँका अनुसार रोजगारीबाट फर्किएकालाई नेपालमा नै लगाउने विषय अहिले जटिल समस्याका रुपमा छ ।

विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई पुरुषलाई भन्दा पुनः एकीकरणमा समस्या हुने गरेको संस्थाका महासचिव स्वर्णकुमार झाले बताउनुभयो । नेपाली समाजमा स्वदेश फर्किएका महिला कामदारप्रति समाजले नकारात्मक धारणा बनाएको छ भन्दै उनीहरुका लागि सरकार सामाजिक तथा मनोवैज्ञानिक सहायताको आवश्यकता परेको उहाँले औँल्याउनुभयो । “वैदेशिक रोजगारीबाट स्वदेश कति फर्किए त्यसको आधिकारिक तथ्यांक सरकारसँग नै छैन”, उहाँले भन्नुभयो ।

सरकारले रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलनका लागि स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने आवश्यकता सरोकार भएकाहरुले उठाएका थिए । उनीहरुले पहिले बनेका वैदेशिक रोजगारीसम्बन्धी कानून र नियमावलीलाई कार्यान्वयनमा ल्याउन सरकारले नीति ल्याउनुपर्ने तर्कसमेत राखेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter