बिहिबार, ०६ बैशाख २०८१

फोर्डको ठगीमा सरकार मौन, राजनीतिक प्रभावमा रोकियो कारबाही

६ जेष्ठ २०७५, आईतवार १४:२२ मा प्रकाशित

काठमाडौं

फोर्ड गाडीको नेपालका लागि आधिकारिक बिक्रेता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले उपभोक्तासँग चर्को मूल्य असुलेको प्रमाण फेला पर्दासमेत सरकारी निकाय मौन बस्दै आएको पाइएको छ ।

गत १० माघमा ठगीबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिको थापाथलीस्थित कार्यालयमा छापा मारेर कारबाही थाले पनि हालसम्म बढी मूल्य लिएको विषयमा सो निकाय मौन बस्दै आएको छ ।

विभागको मौनताका कारण बिक्रेता कम्पनीले मनपरी मूल्य लिएर सवारी बिक्री गरिरहेको छ । विभागको टोलीले जीओ अटोमोबाइल्स कम्पनीबाट कम्पनीले पछिल्लो समय बेचेका सवारीसाधनको प्रज्ञापनपत्रसहितका बिल बिजक, त्यसको पुष्ट्याइँ गर्ने कागजात, भ्याटबिल, करचुक्तापत्र तथा कम्पनीसँग सम्बन्धित कागजात उपलव्ध गराउन निर्देशन दिएको थियो । तर, कम्पनीले सरकारी निकायले मागेको कागजात दिनुको सट्टा मूल्य घटाउने प्रतिबद्धता जनाएको थियो । कम्पनीका सञ्चालकको प्रतिबद्धताकै भरमा कारबाही प्रक्रियाबाट पछि हट्दा निरन्तर उपभोक्ता ठगिइरहेका छन् ।

उपभोक्ता ठगिए पनि आपूर्तिमन्त्री मातृका यादव, विभागका महानिर्देशक योगेन्द्र गौचन र राजस्व विभागका उपनिर्देशक यज्ञप्रसाद ढुंगेल भने एकअर्काको मुख ताकेर बसेका छन् ।

मन्त्री यादवले बढी मूल्यमा बेचेको प्रमाण खोजिरहेको बताएका छन् । तर, विभागको अनुगमन टोलीले लागत मूल्यभन्दा २९ प्रतिशत बढी मूल्य लिएर गाडी बेचेको प्रमाणसहित तीन महिना अघिबाटै कारबाही थालेको थियो ।

तीन महिना अघिबाट कारबाही थालेको विभागले बिक्रेता कम्पनीको आर्थिक तथा उच्च राजनीतिक प्रभावमा परी बढी मूल्य लिएको बारे पत्राचार गरेकोमा जवाफ नआएकाले कारबाही गर्न नसकिएको बताएको छ । तर, गत १४ माघमै जीओ अटोमोबाइल्स प्रालिका प्रबन्धक तेजकरण जैनले विभाग पुगेर गाडीको मूल्य बढेको विषयमा लिखित स्पष्टीकरण दिए ।

कुन गाडीमा कति ठगी ?

शीर्षक  इकोस्पोर्ट टाइटानियम इकोस्पोर्ट ट्रेन्ड इकोस्पोर्ट यम्बियन्ट   फ्रिस्टाइल टाइटानियम

एफओबी मूल्य (भारु)  ५५९३८२      ४९१३०५      ४४६२२४      ४,१७,८७२

ढुवानी भाडा (भारु)    ३५०६९ ३५०६९ ३५०६९ ३५,०६९

बिमा (भारु)   ८९    ८९    ८९    ८९

कुल निर्धारण मूल्य (भारु)    ५९४५४०      ५२६४६३      ४८१३८२      ४,५३,०३१

कुल निर्धारण मूल्य (नेरु)     ९५२१५६      ८४३१३१      ७७०९३४      ७,२५,५२९

भन्सार शुल्क (नेरु)   ७३८८७३      ६५४२७०      ५९८२४५      ५,६३,०१०

कुल   १६९१०३०     १४९७४०१     १३६९१७८     १२,८८,५३९

नेपाली उत्पादन शुल्क कर    १०१४६१८     ८९८४४१      ८२१५०७      ७,७३,१२३

मूल्य अभिवृद्धि करका लागि

निर्धारित मूल्य २७०५६४८     २३९५८४१     २१९०६८५     २०,६१,६६२

मूल्य अभिवृद्धि कर   ३५१७३४      ३११४५९      २८४७८९      २,६८,०१६

उत्पादन शुल्क र नेपाली कर  २१०५२२६     १८६४१७०     १७०४५४१     १,६०,४१५०

कुल लागत    ३०५७३८२     २७०७३०१     २४७५४७४     २३,२९,६७९

खुद्रा मूल्य    ४२९००००     ३६९००००     ३४४००००     २९,९९,०००

कुल नाफा    १२३२६१८     ९८२६९९      ९६४५२६      ६,६९,३२१

नाफा प्रतिशत  ४०    ३६    ३९    २९

जैनको मौखिक बयान र लिखित स्पष्टीकरणबाट कम्पनीले मूल्य बढाएको आधार पेस गर्न नसकेपछि विभागले जीओ अटोमोबाइल्स कम्पनीले बेच्ने गरेका गाडीमा उपभोक्ता ठगीमा पर्ने गरेको निष्कर्षसहित थप कारबाहीको निर्णय गरिसकेको छ । आफ्नै पूर्वनिर्णयबाट पछि हट्दै हाल विभागले पत्रको जवाफ नाअएको भन्दै थप कारबाही गर्न नसकिएको बताएको छ ।

उता, राजस्व विभागका उपमहानिर्देशक ढुंगलेले भने सो कम्पनीले तिरेको करलगायतको विवरण विभागलाई धेरै पहिला पठाइसकेको बताएका छन् । विभागीयमन्त्री, विभागका महानिर्देशक र राजस्व विभाग तीनवटा निकायमा प्रभाव जमाएकै भरमा गाडी बिक्रेता कम्पनीले कारबाही रोक्दै आएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

विभागले गाडीको थापाथलीस्थित डिलरबाट गत ८ माघमा बिक्री भएको इकोस्पोर्ट फोर्ड १ दशमलव ५ लिटर पेट्रोल गाडीको मूल्यसूचीमा कैफियत रहेको सार्वजनिकसमेत गरिसकेको छ । करबाहेक जम्मा लागत २२ लाख ५८ हजार २९३ रुपैयाँ रहेको उक्त एचआर–६४६०० इन्जिन नम्बर भएको गाडी कम्पनीले ८ माघमा खरिद गर्दा २४ लाख ८६ हजार ७ सय २६ रुपैयाँ (करबाहेक) मा बिक्री गरेको विभागले भेटेको थियो ।

एउटा गाडी बिक्रीमा २ लाख २८ हजार ४३३ रुपैयाँ ठगी भएको देखेपछि जीओ अटोमोबाइल्स प्रालिलाई के कति कारणले मूल्य फरक भएको हो ? त्यसको तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएर फर्किएको विभाग त्यसयता मौन बस्दै आएको छ । सो कम्पनीले ग्राहकलाई ३ लाख ३६ हजार २८३ रुपैयाँबराबर छुट दिइएको भनी भ्रममा पार्ने गरेको समेत विभागको अनुगमन टोलीले सार्वजनिक गरिसकेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०५४ र कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, ३०३२ बमोजिम जीओ अटोमोबाइल्सलाई कारबाहीको तयारी थालेको बताए पनि कम्पनीको प्रभावमा हाल कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

विभागले यस प्रकरणलाई प्रहरीको जिम्मा लगाउने तयारी गरेपछि गोल्छा अर्गनाइजेसनका निर्देशक लोकमान्य गोल्छाले जीओ अटोमोबाइल्स प्रालिको प्रतिनिधित्व गर्दै गाडीको मूल्यमा थपघट नगर्ने भन्दै विभागसँग माफी मागेका थिए ।

तर, सो कम्पनीका सञ्चालकहरूको उच्च राजनीतिक संयन्त्रसँगको साँठगाँठपछि विभागले तयार पारेका अनुगमनका फाइल लामो समयसम्म थप अनुसन्धान र कारबाहीका लागि अघि बढ्न सकेका छैनन् ।

सो कम्पनीले बिक्री गर्दै आएको इकोस्पोर्ट फोर्ड, फिगो एस्पार ट्रेन्ड, इकोस्पोर्ट ट्रेन्ड, इकोस्पोर्ट यम्बियन्ट र फ्रिस्टाइल टाइटानियम गाडीमासमेत उपभोक्तासँग ४० प्रतिशतसम्म बढी मूल्य लिएर बिक्री गरेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

इकोस्पोर्ट टाइटानियम गाडीमा उपभोक्तालाई ४० प्रतिशतसम्म ठग्दै आएको उक्त कम्पनीले नेपालमा केही दिनअघि मात्र सार्वजनिक भएको फ्रिस्टाइल टाइटानियम गाडीमा उपभोक्ता २९ प्रतिशतबराबर ठगीमा पर्नेगरी मूल्य निर्धारण गरेको छ ।

ठगी तथा कालोबजारी गरेको समाचार प्रकाशित भएपछि कम्पनीले ११ प्रतिशतसम्म मूल्य घटाएको हो । तर, अझै पनि कानुनबमोजिम वस्तु तथा सेवाको बिक्रीमा २० प्रतिशतभन्दा बढी मुनाफा राख्न नपाइने व्यवस्थालाई भने कम्पनीले बेवास्ता गर्दै आएको छ ।

sabhar: rajdhanydaily

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter