शुक्रबार, १६ चैत २०८०

नेपाली मुस्लिम समुदायका प्रमुख विशेषताहरू

May-4,2018

२१ बैशाख २०७५, शुक्रबार ००:११ मा प्रकाशित

मोहम्मद जाकिर हुसैन
hac_zakir@yahoo.com

नेपाली मुस्लिम समुदायका केही खास विशेषताहरू छन् । ती विशेषताको अध्ययनले मुस्लिम समुदायलाई बुझ्न अझ सुगम बनाउँछ । एक अध्ययनको आधारमा मुस्लिम समुदायका प्रमुख विशेषताहरू तल दर्शाइएको छ ः

(१) तीन थरिका मुसलमान ः

सवै भूगोलमा बस्नु नेपाली मुसलमानको एक खास विशेषता हो । नेपालको तराई, पहाड र हिमाल तीनै भूगोलका ७५ वटै जिल्लामा मुसलमानको बसोवास छ । नेपालमा मुख्यतः तीन थरिका मुसलमानको बसोवास रहेको छ । (क) मधेशी मुस्लिम ः नेपाली मुस्लिम आबादीको करीब सन्तान्नब्बे प्रतिसत हिस्सा तराई÷मधेशमा बस्दछन् । मधेशी मूलका मुसलमानलाई मधेशी मुस्लिम भन्न सकिन्छ । उनीहरूको मुख्य पेसा कृषि हो । (ख) पहाडी÷चुरौटे मुसलमान ः मुख्यतः मध्य ख) पहाडी÷चुरौटे मुसलमान ः मुख्यतः मध्य पश्चिम नेपालका पहाडी जिल्लाहरूमा बस्ने मुसलमानलाई समाजशास्त्रीहरूले पहाडी वा चेरौटे मुसलमान भनेर वर्गीकरण गरेको पाइन्छ । उनीहरूको मुख्य पेसा कृषि र चुरा, कस्मेटिक्स आदिको व्यापार हो । (ग) उपत्यकाबासी मुसलमान ः काठमाडौं उपत्यकामा बस्ने मुसलमानलाई उपत्यकावासी मुसलमान भन्न सकिन्छ । उपत्यकाबासी मुसलमानहरूमा हिन्दुस्तानी मुसलमान (पछि नेपाली मुसलमान कहलाउन थालिएको), कश्मिरी मुसलमान, तिब्बती मुसलमान, नेवार मुसलमान, मधेशी मुसमलान र चुरौटे मुसलमान गरी ६ उपसमूहमा राखेर अध्ययन गर्न सकिन्छ । काठमाडौमा बस्ने मुसलमानहरू व्यापार र नौकरी नौकरी आदि पेसामा लागेको देखिन्छ ।

(२) राष्ट्रियताको भावना ः

नेपाली मुस्लिम समुदायमा राष्ट्रियताको भावना गहिरो रूपमा रहेको छ । मुस्लिम समाज देशको अखण्डता, सार्वभौमिकताको मामिलामा गम्भीर र संवेदनशील छ । मुस्लिम समुदाय कहिल्यै कुनै शक्तिको वरिपरि घुमेन र देशलाई माया गरिरहे । पूर्वदेखि पश्चिमसम्म मधेशको भारतसँग जोडिएको सीमावर्ती इलाकाहरूमा मुस्लिम समुदायको बसोवास अझ घना रूपमा रहेको छ । प्रायःमुदायको बसोवास अझ घना रूपमा रहेको छ । प्रायः सीमावर्ती दशगजा क्षेत्रमा मुस्लिम बस्तीहरू छन् । एक किसिमले मुसलमानहरू ती सीमानाका किल्लाहरूको अघोषित रक्षक भएर काम गरिरहेका छन् ।

नेपालको एकीकरणदेखि नेपाल निर्माणको सन्दर्भमा, परिवर्तनहरूको सन्दर्भमा मुसलमानले गम्भीर भई आफ्नो क्षमता प्रदर्शन गर्दै आएको छ । रत्न मल्ल र जयप्रकाश मल्लको राज्य सञ्चालनमा मुस्लिमहरूले ठूलो सहयोग पु¥याएको इतिहास छ । पञ्चायती कालमा पनि पछिल्ला राजाहरूले मुस्लिम समुदायलाई विश्वास गरी दरबारसँग जोडेर राखेका थिए ।

(३) राष्ट्र निर्माता ः

तत्कालीन नेपालमा प्रवेश गरेका मुसलमानहरूबाट राजारजौटाहरूले गोला बारुद बनाउने, फौजहरूलाई हतियारको प्रशिक्षण दिने, बन्दुक बनाउने, तोप ढाल्ने काम लिए । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा नेपाली मुस्लिमहरूले बनाएका बन्दुकहरू आज पनि संग्रहालयहरूमा सुरक्षित छन् । पृथ्वीनारायण शाहले बि.सं. १७९९ मा र पछि नेपाल एकीकरणको कार्य शुरु गर्दा मुसलमानहरूबाट सहयोग पाए । गोरखा राज्यमा हातहतियार बनाउने काममा शेख बज्जरलगायतका मुस्लिमहरूकोे भूमिका महत्वपूर्ण बज्जरलगायतका मुस्लिमहरूकोे भूमिका महत्वपूर्ण रहेको थियो ।

नेपालको व्यापार बिस्तारका लागि कश्मिरी र तिब्बती व्यापारीहरूलाई तत्कालीन बाग्मती उपत्यकामा ल्याइएको थियो । नेपाली टक मुस्लिमहरूले नै बनाए । मुगल शैलीका कैयौं दरबारहरू मुसलमानले नै बनाए । राजा भाष्कर मल्लको पालामा केही मुसलमानहरू न्यायलय र प्रशासनिक क्षेत्रमा नियुक्त भएर काम गरेका थिए । मल्लकालमा कानून बनाउने काममा मुसलमान विद्वान्हरू भारतबाट झिकाउने चलन थियो । नेपाली कानूनी शब्दकोषमा धेरै उर्दू, फारसी र अरबीका शब्दहरूको प्रयोगले सिद्ध गर्छ कि तत्कालीन समयमा कानूनको निर्माणमा मुस्लिमहरूको प्रभाव छ । यसरी शासकीय पद्धति, युद्धकला, ललितकला, साहित्य, संगीत, सृंगार, व्यापारलगायतका क्षेत्रमा मुस्लिम समुदायको योगदानले समग्र नेपाल राष्ट्रको निर्माणमा मुसलमानको दखल छ भन्ने पुष्टि हुन्छ । वर्तमान समयमा समेत नेपाली मुसलमान राष्ट्र निर्माणको सवै पक्षमा गम्भीर रहेको देखिन्छ ।

(४) शान्त तथा सहिष्णु समुदाय ः

नेपाली मुसलमान विश्वभरिकै मुसलमानहरूको तुलनामा शान्तिप्रेमी छ । उनीहरूले मध्यकालीन इतिहासदेखि नै सामाजिक सद्भाव र सहिष्णुतालाई मन पराए । सामाजिक सद्भाव र सहिष्णुतालाई मन पराए । विविधताले भरिपूर्ण समाजमा सहअस्तित्वको आधारमा मिलिजुली बसे । पहाडमा न्यून संख्यामा मुस्लिमहरू छन् । तर, उनीहरू ससम्मान पहाडी समाजसँग घुलमील भएर बसेका छन् । तराई मधेशमा पनि छिटपुट घटनाबाहेक मुस्लिमहरू अन्य समुदायसँग सौहार्द्रपूर्ण वातावरणमा बस्ने गरेका छन् । उसको शान्त स्वभाव र सहिष्णु प्रवृत्तिले गर्दा देशभर नै ठूलो संख्यामा सहज रूपमा मस्जिद, मद्रसा, कब्रिस्तान, मकबरा र कर्बलाहरू सञ्चालनमा रहेका छन् ।

(५) परिवर्तनप्रेमी समुदाय ः

चाहे २००७ सालको क्रान्ति होस्, वा २०१७ देखि जनमत संग्रहसम्मका विभिन्न आन्दोलन, चाहे नेपाली काँग्रेसको राणाकालीन पार्टी स्थापनाको विषयमा होस्, चाहे राणाकालीन समयमा कम्युनिष्ट पार्टी स्थापनाको विषयमा होस् मुस्लिम समुदायको सहभागिता रह्यो । जनमत संग्रहमा अधिकांश मुसलमान बहुदलीय व्यवस्थाको पक्षमा उभिए । प्रजातान्त्रिक आन्दोलनमा रौतहटका शेख इद्रीस र सुनसरीका डा. खलील आजादको नाम इतिहासले भुलाउन सक्दैन । २०४६ सालको प्रजातान्त्रिक आन्दोलना देशभर मुस्लिम समुदायको ठूलो संख्या आन्दोलनमा उत्रियो । माओवादी जनयुद्धमा ६ ओवादी जनयुद्धमा ६ दर्जनबढी मुस्लिमले शहादत दिए । २०६२÷०६३ को जनआन्दोलनमा मुस्लिम समुदायको ठूलो उपस्थिति रह्यो । मधेश आन्दोलन र मधेश बिद्रोहमा मुस्लिम समुदायको झन् उल्लेखनीय भूमिका रह्यो । मधेश आन्दोलनमा १४–१५ जना मुस्लिमले शहादत दिए । २०६५, २०६८÷०६९ को मुस्लिम आन्दोलन, २०७१÷०७२ को मधेश आन्दोलनमा मुस्लिम समुदायको उल्लेखनीय भूमिका रह्यो । २०७१÷०७२ को मधेशी मोर्चाको आन्दोलनको सबल पक्ष राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन रह्यो । यस आन्दोलनमा गठबन्धनका हिफाजत मियाँलगायत तीनजना मुस्लिमले थप शहादत पनि दिए । यसरी परिवर्तनका लागि भएका सवै आन्दोलनहरूमा मुस्लिम समुदायको सहभागिता रहँदै आएको छ । मुस्लिम समुदाय नेपालको सन्दर्भमा परिवर्तनप्रेमी समुदाय हो । यो मुस्लिम समुदायको विशेषता नै बन्न गयो ।

(६) शासकीय प्रवृत्ति ः

मुस्लिम समुदायको प्रवृत्ति शासकीय छ । यो समुदायले सिम्रौनगढको किल्लाबाट एक सय त्रिहत्तर वर्षसम्म मधेशमा राज्य गरेको थियो । नेपालको इतिहासमा नयाँ मुलुक भनिने पश्चिम नेपालको भूभागमा मुस्लिमहरूले नैलुक भनिने पश्चिम नेपालको भूभागमा मुस्लिमहरूले नै शासन गरेका थिए । मुस्लिम शासकले काठमाडौं उपत्यकामा आक्रमण गरी केही दिन राजधानीलाई आफ्नो कब्जामा राख्यो । मल्ल कालमा र सेन राजाहरूको शासन कालमा मुसलमानहरू विभिन्न राजाहरूसँग नजिकको सम्बन्ध राखेर निर्णायक तहमा पनि सल्लाहकारीय भूमिका निर्वाह गर्ने गरेको थियो । राजा भाष्कर मल्लले चौतारा (काजी÷तत्कालीन समयको मुख्यमन्त्री) पदमा एक मुसलमानलाई नियुक्त गरेका थिए । यसरी नेपालमा मुस्लिमले शासन गरेकोले शासकीय प्रवृत्ति उसको विशेषता हो ।

(७) धार्मिक प्रवृत्ति ः

मुसलमान धार्मिक प्रवृत्तिको हुन्छ । ऊ सामान्यतः अल्लाहको हुकुममुताबिक नै व्यवहार गर्ने गर्दछ । यस धार्मिक प्रवृत्तिले उसलाई ईमानदार, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँदछ । इस्लाम धर्म नमानी कोही मुस्लिम पनि कहलाउन सक्दैन । नेपालमा मुसलमान एक धार्मिक समुदाय पनि हो ।

(८) लघुताभास ः

नेपाली मुस्लिम समुदाय लघुताभासको शिकार छ । योली मुस्लिम समुदाय लघुताभासको शिकार छ । यो ठूलो मात्रामा बिद्यमान छ । मुस्लिम समुदायभित्र उच्च शिक्षा प्राप्त व्यक्तिदेखि ठूला ठूला व्यापारी र राजनीतिकर्मीहरूमा समेत लघुताभास देखिएको छ । ठूलो संख्यामा बुद्धिजिवी, व्यापारी र राजनीतिकर्मीहरूले हामी मुस्लिम समुदाय सडकमा उत्रेर आन्दोलन गर्नु गलत हो, हामीले धेरै हक–अधिकारको कुरा गर्नु हुँदैन, हामीले धर्मनिरपेक्षताको कुरा गर्नु हुँदैन, हामीले राज्य संयन्त्रमा ठूलो ओहदा खोज्नु हुँदैन, सेना र सुरक्षा निकायमा हिस्सेदार खोज्नु हुँदैन….. इत्यादि कुरा गर्दछन् । उनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै किसिमका अन्यायको विरुद्धमा बोल्न डराउँछन् र अरू साहसी मुस्लिमहरूलाई पनि बोल्न रोक्दछन् । मुस्लिम समुदायको यस विशेषताभित्र नकारात्मक पक्ष रहेको छ । यस लघुताभासकै कारणले नेपाली मुस्लिमहरू कतिपय सन्दर्भमा पहाडी मूलका नेपालीहरूलाई मात्र नेपाली ठान्दछन् र त्यसरी नै संवाद गर्दछन् । जस्तै एक नेपाली मुस्लिम यसरी संवाद गर्दछन्– “एक नेपाली लडका हमारे भाइको गाली देके चला गया ।” मानवशास्त्री प्रकाश उपाध्यायद्वारा लिखित पुस्तक ‘मुस्लिम्स अफ नेपाल’ मा हिन्दू बहुल समाजमा रहेका मुसलमानहरूमा एक प्रकारको असुरक्षा भावनाले असंगत मनोविज्ञानको विकास गरेको र यो उनीहरूको जीवनको हिस्सा बनिसकेको उल्लेख छ ।

(९) पृथक राष्ट्रिय समुदाय एवम् सभ्यता ः

नेपालमा मुस्लिम समुदायको धर्म, भाषा, साहित्य, संस्कृति, रहनसहन, भेषभूषा, चाडपर्व, शिक्षा प्रणाली, संस्कार, पेसा र उत्पादन सम्बन्ध अरू समुदायभन्दा फरक छ । यो समुदाय देशभर फैलिएर रहेको छ । त्यसैले यो पृथक राष्ट्रिय समुदाय हो । ९७ प्रतिशत मधेशमा बसोवास गर्ने मुस्लिम मधेशको उपराष्ट्रियताको रूपमा विकास भएको छ । मुस्लिम समुदायलाई अन्य समुदायमा गाभेर हेर्नु वैज्ञानिक हुँदैन । यो विश्वभरि नै पृथक पहिचान बोकेको एक भिन्नै महासभ्यता हो । नेपालको सन्दर्भमा पनि मुस्लिम एक महासभ्यता हो ।

(१०) मुस्लिम एक वर्गीय समुदाय ः

नेपालको आर्थिक वितरण र मुस्लिम समुदायको निरन्तर आर्थिक सूचकाङ्कको आधारमा यस समुदायको आर्थिक विश्लेषण हुन बाँकी छ । निरन्तर आर्थिक सूचकाङ्कको सही विश्लेषणमा जाँदा मुस्लिम समुदाय नेपालको सन्दर्भमा एक वर्गाीय समुदाय पनि हो । मानवीय विकास सूचकाङ्कक अनुसार सवभन्दा कमजोर स्थिति मुसलमानको छ । तसर्थ, मुस्लिमसमुदायलाई विशेषाधिकार, आरक्षण आदि उसको एक प्रमुख माग र मुद्दा हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter