शुक्रबार, ०७ बैशाख २०८१

सरकारले धर्मनिरपेक्षताको अनुभूति गराउन सकी रहेछैन : अतहर फारूकी

चैत्र-२१,काठमांडौ

२१ चैत्र २०७४, बुधबार १०:१४ मा प्रकाशित

राष्ट्र धर्मनिरपेक्ष भई सक्दा र मुस्लिम समुदाय एउटा छूट्टै क्लस्टरको रुपमा स्थापित भएता पनि सरकारले यसको अनुभूति गराएको छैन । राष्ट्रिय बिदाको रुपमा रहेको महान पर्व ईदुल फ़ितरः र ईदुल अजहा लाई मुस्लिम समुदायको लागि मात्र सीमित गरिएमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य अतहर हुसैन फारूकीले आपत्ति जनाउदै घोर निंदा गरेका छन ।२ दिन दिएको ईद पर्वहरुमा राष्ट्रीय रूपले सबै ठाउँ क्षेत्रको सम्पूर्ण जनताले मनाउने गरी पहिलाको जस्तै राष्ट्रीय बिदा को रुपमा सूचीकृत गर्न सरकारलाई नेता फारूकीले अनुरोध गरेका छन ।

राष्ट्रीय बिदाको रुपमा नभएमा उक्त दिन पेशी लाग्न सक्ने, परीक्षा हुन सक्ने, सभा सम्मेलन हुन सक्ने लगायत कुरा हुने भएकाले उक्त दिन राष्ट्रीय बिदा नै हुनु पर्ने फारूकीको मांग रहेेको छ।

माओबादी केंद्र को बिभागीय संघठन मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष र राष्ट्रीय मुस्लिम गठबंधन का सचिवालय सदस्य समेत रहेका अतहर फारूकी ले बाम गठबंधन सरकार संग हामी सांस्कृतिक समुदायको धेरै आशा थियो । तर यो बाम गठबंधन सरकार को पहिलो कदम ले नै निराश बनाई दिएको कुरा गरे ।
अहिले नै हरेक जातीको संस्कृति भावना मूल्य मान्यता लाई न समेटी साँस्कृर्तिक हस्तक्षेप गरी दीर्घकालिन रुपमा नकारात्मक असर पर्ने धारणा ब्यक्त गरे ।

अराजक पक्षले सरकारलाई चौतर्फ़ी रूपमा कमजोर बनाउन लागेको कुरा भन्दै सरकारको यो अवस्थामा लिएको बिदा कटौतिको निर्णय ले मलजल गरेको भने।

अहिले मर्कामा परेका साँस्कृर्तिक समुदायहरुले एकजुट भएर यस निर्णय को प्रतिवाद गर्नुको साथै सरकारको ध्यानाकर्षण गराई पुनः सच्याउन पहल गर्नु पर्ने बताए ।
आफू हरू सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराउने काममा लागेको नेता फारूकी ले केयर खबर लाई जानकारी समेत गराएक छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter