मङ्गलबार, ११ बैशाख २०८१

कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र ।। बिभिन्न कार्यक्रम गरि अन्र्तराष्टिय बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७५ मनाइने ।

अजय बर्मा तौलिहवा कपिलवस्तु

१४ बैशाख २०७५, शुक्रबार १२:०० मा प्रकाशित

कपिलबस्तु बैशाख ११
शान्तिका अग्रदूत गौतम बुद्धको क्रिडा स्थल कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र पारिएको छ । भगवान गौतम बुद्धले २९ बर्षिय युवा अवस्था जिवन ब्यतित गरेको प्राचिन कपिलबस्तुलाई विश्वभर पहिचान गराउने उद्देश्यका साथ आयोजना गरिने बुद्धजयन्तीको तयारीलाई तीव्रता दिइएको हो । २५ सय ६२ औं बुद्ध जयन्ति मुल समारोह समिती कपिलबस्तुले मंगलबार तौलिहवामा राखेको पत्रकार सम्मेलनमा कपिलबस्तुमा बैशाख १२ गतेदेखि १८ गतेसम्म बिभिन्न कार्यक्रम गरि अन्र्तराष्टिय बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७५ मनाइने जनाइएको छ । त्यस्का लागी बिभिन्न उपसमितीहरु समेत गठन गरिएको समिती संयोजक तथा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो । लुम्बिी बिकास कोषको अग्रसरतामा बैशाख १२ र १३ गते जिल्लाका ७ वटै पुरातात्विक स्थलहरुमा सरसफाई गर्ने, १६ र १७ गते सातवटै पुरातात्विक स्थलहरु एवं नगर क्षेत्र भित्र दिप प्रज्ज्वलन गरिने उहाले जानकारी दिनुभयो । अस्पताल तथा बालगृहका बालबालिकाहरुलाई फलफुल बितरण गरिने, बैशाख १३ नगर बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता र १४ गते चित्रकला प्रतियोगिता संचालन गरिने मुल समारोह समिती सदस्य भक्तिराम पन्थीले बताउनु्भयो । फोटो पत्रकार संघ कपिलबस्तु र भिजुअल आर्टिस्ट गैडाकोटको संयोजनमा तिलौराकोटमा बैशाख १६, १७ र १८ गते बुद्ध चित्र प्रर्दशनी गरिने छ । स्थानीय बिहारहरु एवं बौद्ध मन्दिरहरुमा बुद्धपुजा गरिने सदस्य अमृत चन्द ठाकुरले बताउनुभयो । बैशाख १५ गते बाल मन्दिरमा बाल ध्यान शिविर आयोजना गरिने, १६ गते भिक्षुहरुलाई भोजनदान कार्यक्रम र १८ गते लुम्बिनीबाट बेबी बुद्धको र्याली एवं शोभायात्रा ल्याइ तिलौराकोटमा समापन गरिने सदस्य कमला सापकोटाले बताउनुभयो । बुद्धजयन्तीको अवसरमा बैशाख १२ र १३ गते तौलिहवामा क्रिकेट प्रतियोगिता समेत आयोजना हुने जनाइएको छ । ‘लुम्बिनी नेपालः बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने मूल नाराका साथ आगामी बैशाख १५ र १६ गते अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन तथा १७ गते बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको छ । जिल्लामा पर्यटन÷पुरातात्विक सम्पदाको जर्गेना, उद्धार तथा प्रचारप्रसारमा कलम चलाउने पत्रकारलाई सम्मान समेत गरिने संयोजक ज्ञवालीले बताउनुभयो । प्राचिन कपिलबस्तुमा हुने बुद्धजयन्ती तथा बेबीबुद्धको स्वागत÷समापन कार्यक्रममा बर्तमान सरकारका कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव) र प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी क्रमशः प्रमुख आतिथी र बिशिष्ट अतिथीको रुपमा आगमन हुने समिती सदस्य दिपक पाण्डेले बताउनुभएको छ । कार्यक्तममा मुल समारोह समिती सदस्य भक्तिराम पन्थी, दिपक पाण्डे, माया ज्ञवाली, भोजराज खनाल, पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष डिलाराम भुसाल लगायतको सहभागीता रहको कार्यक्रममा २५ सय ६२ औं बुद्ध जयन्ति मुल समारोह समिती कपिलबस्तुका संयोजक राजेश ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रमको संचालन माधवराज आचार्यले गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter