बिहिबार, १३ बैशाख २०८१

माओवादी केन्द्रको प्रबास कमिटी बिबादमा समानान्तर कमिटी बनाउने घोषणा

माओबादी केन्द्र भित्र आन्तरिक द्वन्द हुने संकेत

११ बैशाख २०७५, मंगलवार १९:३८ मा प्रकाशित

बैशाख ११ युके लन्डन ,
नयाँ शक्ति पार्टी नेपाल बाट बाम एकता र ध्रुवीकरण अभियान चलाएर नेता देवेन्द्र पौडेल ,पर्शुराम तामाङ पासाङ सेर्पाको ध्रुवीकरण नेतृत्वको प्रबास कमिटीका नेता कर्म पाहडिले आफुहरुलाइ माओवादी केन्द्रमा गुटबन्दी कारण भुमिका र जिम्मेवारी बिहिन गराइएको प्रती कडा रोस्ट ब्यक्त गरेका छन ।

२० देशबाट नयाँ शक्ति पार्टीका साथी हरुले बिद्रोह गरी करिब २ हजार जति नेता कार्यक्रता सहित ध्रुवीकरण मार्फ़त माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी गराउदै ९ महिना पनि न बित्दा पार्टी भित्र गृहमन्त्री रामबहादुर थापा बादल , प्रबासमा नारायणकाजी श्रेष्ठ प्रकाश र प्रबास सचिब युवराज चौलागाईंले आफुहरुलाइ अन्याय गरेको बताए।

देश बिदेश बाट ठुलो संगठनको रुपमा बिद्रोह गर्दै बामपंथी ध्रुवीकरण अभियान चलाएर आएका नेता देवेन्द्र पौडेलको नेतृत्व कमिटीका साथिहरुलाइ पार्टीमा भुमिका बिहिन गराएको भन्दै नेता देवेन्द्र पौडेलले कडा रुपमा अध्यक्ष प्रचण्ड लाई कुरा राख्दै आएका छन । माओबादी केन्द्रका
अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले ध्रुवीकरणका साथिहरुलाइ ब्यबस्थापन गर्न र भुमिका बारे छिटोछरितो सर्कुलर गराउन आदेश दिएपनी देश भित्र गृहमन्त्री बादल र युवराज चौलागाईंले रोकेको मा के पार्टीका पोलिटब्युरो सदस्य तथा प्रबास नेता कर्म पहाडीले बताए ।

  • ध्रुवीकरणमा आएका साथिहरु माथी अन्याय गरेको भन्दै प्रबास कमिटीमा अब छिट्टै समानान्तर कमिटी घोषणा गर्ने बताए ।
    ‛अब हामी मौन बस्दैनौँ ’
    भन्दै केन्द्रका नेताहरु र प्रबास ध्रुवीकरण संयोजक बि बि खराल समक्ष पनि बारम्बार कुरा उठाउदा हामी माथि गरिएको अन्याय को बिरुद्ध समानान्तर कमिटी गठन गर्न लागिएको बताए र ध्रुवीकरण प्रबास संयोजक पनि यसमा सहमत भएको नेता पहाडीले बताएका हुन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter