बिहिबार, १३ बैशाख २०८१

खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

१० बैशाख २०७५, सोमबार ०९:५८ मा प्रकाशित

नवलपरासी, १० वैशाख (रासस): पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् ।

विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ ।

सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना नवलपरासीका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो ।

खासगरी पैसा लिने तर विदेश नपठाउने, समयमा तोकेबमोजिम तलब नपाइने, भनेको कामभन्दा कडा र जोखिम काममा लगाउनेलगायतका समस्या वैदेशिक रोजगारका क्रममा देखिएको भण्डारीको भनाइ छ ।

चार वर्षको अवधिमा जिल्लाका एक हजार १०० विभिन्न प्रकारका उजुरीको समाधान भएको छ भने पीडित पक्षलाई रु १२ करोड क्षतिपूर्ति उपलब्ध गराउन विभिन्न निकायसँग समन्वयकारी भूमिका निर्वाह गरिएको छ ।

वैदेशिक रोजगारको जोखिमको हिसाबले नवलपरासी पाँचाँै जिल्लामा पर्दछ भने रोजगारीको सिलसिलामा विदेशमा मृत्यु हुने जोखिमको हिसाबले तेस्रो जिल्लामा पर्दछ ।

नवलपरासीबाट मात्रै करीब ८० हजार वैदेशिक रोजगारमा गएको सुरक्षित आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । पश्चिम नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रका कतिपय नागरिक भारतीय उडानबाट समेत तेस्रो मुलुक जाने गरेका छन् ।

यसमध्ये करीब छ हजार महिला रहेको बताइएको छ । जिल्लामा करीब ६०० बढी विदेश पठाउने एजेण्ट (दलाल) रहेका छन् । गाउँपिच्छे नै दलाल रहे पनि त्यसमध्ये जम्मा १२ जनाले लाइसेन्स लिएको तथ्यांक छ । अन्यले भने कमिसनमा विदेश जाने युवायुवती खोजेर विभिन्न म्यानपावरलाई दिने गरेका छन् ।

म्यानपावरको लाइसेन्स लिन वैदेशिक रोजगार विभागबाट स्वीकृति लिई रु दुई लाख धरौटी राख्नुपर्ने प्रावधान छ । लाइसेन्स नलिई वैदेशिक रोजगारसम्बन्धी उद्योग गर्ने वा ठगी गर्नेलाई तीनदेखि सात वर्षसम्म कैद र रु तीनदेखि पाँच लाख जरिवाना गर्ने प्रावधान र%

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter