बुधबार, १२ बैशाख २०८१

पूर्वमिस नेपाल निकिता ‘रानी महल’ मा

६ बैशाख २०७५, बिहीबार १२:१६ मा प्रकाशित

काठमाडौं । पूर्वमिस नेपाल निकिता चण्डक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन् । सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिताले ‘रानी महल’ मार्फत डेब्यू गर्न लागेकी हुन् । मिस नेपाल २०१८ को घोषणाको एक साता नबित्दै उनी चलचित्र खेल्न तयार भएकी छन् । उनले, चलचित्र ‘रानी महल’ बाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी छन् । चलचित्रको निर्माण पक्षले उनीसँग आइतबार यस सम्बन्धमा सम्झौता गरेको छ ।

यस चलचित्रका अभिनेत्री वर्षा सिवाकोटीले काम गर्न रुचि नदेखाएपछि निकितालाई रोजिएको हो । चलचित्रका प्रोडक्सन डिजाइनर गणेश सापकोटाका अनुसार मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरसँग यसबारेमा समेत कुरा गरिएको थियो ।

टे्जरले मिस नेपालको समय सकिएपछि मात्र कागजी सँझौता गर्न सकिने जानकारी गराएको सापकोटाले जनाए । उनले भने, ‘चलचित्रको कथा मन परेपछि निकिता यस चलचित्रमा काम गर्न सहमत हुनुभएको हो ।’

चलचित्र निर्माण पक्षले कलाकारसँग केही दिन कार्यशाला गरेपछि छायांकनमा जाने सापकोटाले बताए । साथै चलचित्रका लागि निकिताका लागि पहिरन तयार समेत गरिने र छायांकनमा जुट्ने निर्माण पक्षको तयारी छ ।

हिमाल न्यौपानेले निर्देशन गर्ने यो चलचित्रमा अर्जुनजंग शाहीले समेत काम गर्ने पक्का भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter