बिहिबार, ०६ बैशाख २०८१

धनगढीमा आधुनिक धर्मशाला सञ्चालनमा

६ बैशाख २०७५, बिहीबार १२:०१ मा प्रकाशित

धनगढी, ६ वैशाख (रासस): प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बुधबारदेखि आधुनिक धर्मशाला सञ्चालनमा आएको छ ।

श्रीकृष्ण मन्दिर परिसर धनगढीको परिसरका गीता सत्संग समितिको पहलमा निर्माण भएको दुई तल्ले धर्मशाला भवनमा सभा हल, धार्मिक संस्कार गर्ने कोठा र शयन कक्षसमेत झण्डै २० वटा कोठा रहेका छन् ।

रु एक करोड ८२ हजारको लागतमा निर्माण भएको यो धर्मशाला निर्माणमा विभिन्न सरकारी कार्यालयबाट रु २३ लाखको सहयोग प्राप्त भएको जनाइएको छ । झण्डै रु ७७ लाख विभिन्न दाताबाट सहयोग जुटाइएको हो । निजी दाताको सम्मानमा धर्मशालाका कोठाको नामाकरण पनि गरिएको छ ।

सात नम्बर प्रदेशकै पहिलो आधुनिक यो धर्मशालाबाट देश विदेशका सर्वसाधारण लाभान्वित हुने भएका छन् । व्यवस्थापन समितिले धर्मशालामा आउने सर्वसाधारणलाई न्यूनतम् रु १०० देखि अधिकतम् रु ४०० सम्मको सेवा शुल्क निर्धारण गरेको निर्माण समितिका अध्यक्ष डा मुक्तिकान्त पन्तले बताउनुभयो ।

स्वास्थ्योपचारका साथै धार्मिक पर्यटनका लागि धनगढी पुग्ने स्वदेशी र विदेशी नागरिकका लागि यो धर्मशालाले ठूलो राहत पु¥याउने विश्वास गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार एक समारोहका बीच धर्मशालाको उद्घाटन गर्नुभयो । सो अवसरमा धर्मशाला निर्माणमा सहयोग गर्ने दातालाई सम्मानित गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter