बिहिबार, १३ बैशाख २०८१

कपिलवस्तु: नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

१ बैशाख २०७५, शनिबार २१:२४ मा प्रकाशित

जितपुर, कपिलवस्तु, १ वैशाख (रासस) ः यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

बाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन त्यस ठाउँमा गएका थिए ।

उनी पौडी खेल्ने क्रममा माथिबाट जम्प गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै सातजना साथी त्यहाँ नयाँ वर्ष मनाउन गएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter