बिहिबार, १५ चैत २०८०

मुस्लिम समुदायको लागि वामठबन्धन घातक :नज़रुल हसन

April_14 केयर ख़बर संवाददाता

१ बैशाख २०७५, शनिबार १६:३० मा प्रकाशित

वाम गठबन्धनले उत्पीड़नमा परेका समुदायको हक अधिकार, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्दान्तको कुरा गर्दै आए पनि व्यवहारिक रूपले एकल विचारधारा आपनाएको छ ।
आवरणमा पिछडिएका वर्ग समुदायको लागि समानता स्वतन्त्रता, धर्मनिरपेक्षताको वकालत गरेपनि भित्री रुपमा सापेक्षित नीति अवलम्वन मुस्लिम अगुवा नज़रुल हसनले आरोप लगाएका छन् ।
अन्तर धार्मिक परिषदका संस्थापक तथा नेपाल डेभल्पमन्ट सोसाईटीका अध्यक्ष नज़रुल हसनले केयर खबरका संवाददाता शमशाद आदिलसंग कुरा गर्दै प्रश्न गरे वामगठबन्धनको आंतरिक ‘मुख’ के हो? वामगठबन्धनले ईदुल फ़ितरः,ईदुल अजहा, उधौली ,उभौली जस्ता महान राष्ट्रीय पर्वहरुलाई कटौती गरेर आफ्नो स्पष्ट रुप देखाएको उनले बताए।
‘के यो हिन्दू राष्ट्र हो?, नज़रुलले भने यदि ‘सबै धर्म समुदाय समान भए यस्तो विभेद किन हुदै छ? उत्कृष्ट संविधान निर्माण भयो, तर ब्यूरोक्रेसीमा निष्चित समुदायका सापेक्षित तथा संकीर्ण विचारका व्यक्तिहरू हावी भएकोले संविधान भावनात्मक रुपमा कार्यान्वयन हुनेमा ठुलो आशंका छ’ हसनले जोड दिंदै भने

अगाडि कुरा राख्दै
कानून निर्माण गर्ने क्रममा समेत मुस्लिम समुदायमाथि घात गरेको बताउंदै राष्ट्रीयसभामा मुस्लिम समुदायको शुन्य उपस्थिति, वामगठवन्धनमा प्रत्येक्ष निर्वाचनबाट कुनै मुस्लिमले नजित्नु, मन्त्रीमंडलमा मुस्लिम न अटाउनु, मेडिकलका बिद्यार्थीहरुलाई शिक्षा मन्त्रालयद्वारा दिइने छात्रबृति आरक्षण कोटामा मुस्लिम बिद्यार्थीको संख्या शून्य, सेना प्रहरी भर्नामा मुस्लिम आरक्षण सीट जफत, सेनामा कार्यरत मोहम्मद जाबिर बंगुरको मासु नखाए कै निष्कासित गरिएको कुरालाई लिएर वामगठवन्धनको सरकारमाथि प्रश्न खड़ा गर्दै मुस्लिम अगुवा नजरुल हसनले सबै पीड़ित शोषित समुदायलाई एकल जातीय मनस्थिति बनाएका सत्ताधारीहरूको विरुद्द लोकतान्त्रिक विधिबाट सशक्त आन्दोलनमा होमिन समेत आह्वान समेत गरेका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter