शनिबार, ०८ बैशाख २०८१

रुकुम: शिक्षक दरबन्दी मिलानमा अन्योल

३० चैत्र २०७४, शुक्रबार १०:०२ मा प्रकाशित

रुकुम, ३० चैत (रासस) ः जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु¥याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न÷नगराउन आदेश दिएपछि अन्योलता बढेको छ ।

लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा परेको गुनासो आउने गरेको थियो । “हामीले उक्त विषय अन्तिम चरणमा पु¥याएका थियौ,ँ” जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कवरले भन्नुभयो, “विभागबाट पत्र आएपछि तत्कालका लागि रोकिएको छ ।” यसले गर्दा थप अन्योलता छाएको उहाँको भनाइ थियो । जिल्लामा ७६८ प्राथमिक, १३५ निम्न माध्यमिक र ९८ माध्यमिक तहको शिक्षक दरबन्दी छ ।

विद्यार्थी अनुपातमा शिक्षकहरु कम भएकाले विद्यालयलाई समस्या भएको छ । आन्तरिक आयस्रोत नहुँदा पनि निजी शिक्षक राखेर पढाउनुपर्ने बाध्यता भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँफिकोट गाउँपालिका–७ का प्रधानाध्यापक हीरालाल खनालले बताउनुभयो । आयस्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउनसमेत हम्मेहम्मे परिरहेको र शिक्षक दरबन्दी मिलान भए उक्त समस्या समाधान हुने उहाँको भनाइ छ ।

“कुनै विद्यालयमा ३० जना विद्यार्थी छन्,” उहाँले भन्नुभयो, “त्यस्तो विद्यालयमा पाँच जना शिक्षक छन् । यसले गर्दा विद्यालयमा समस्या भएको छ ।” जिल्ला शिक्षा अधिकारी कवरका अनुसार दुई सय विद्यार्थी भएका ठाउँमा दरबन्दी शून्य छ । त्यस्ता विद्यालयको असमानता हटाउन दरबन्दी मिलान गर्न लागिएको हो ।
जिल्लामा दरबन्दीभन्दा शिक्षक बढी

जिल्लामा दरबन्दीभन्दा बढी शिक्षक कार्यरत भएको पाइएको छ । प्राथमिक र निम्न माध्यमिक विद्यालयमा त्यस्तो भेटिएको हो । कूल ७४९ जना प्राथमिक विद्यालयको शिक्षक दरबन्दी हो । तर, यहाँ १९ जना शिक्षक दरबन्दीभन्दा बढी छन् । त्यस्तै, निम्न माध्यमिक विद्यालयमा पाँच जना शिक्षक बढी छन् । कूल १३० जना शिक्षकको दरबन्दी रहेकामा १३५ जना शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा अधिकारी कवरले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter