बिहिबार, १३ बैशाख २०८१

बिकको नेतृत्वमा बाँके मानव अधिकार रक्षक संजाल गठन

२९ चैत्र २०७४, बिहीबार २३:२० मा प्रकाशित

 

नेपालगंज,२९ चैत्र

केयर खबर संवाददाता

बाँकेमा बिहिबार सम्पन्न एक भेलाले तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा आरती बिकको संयोजकत्वमा १२ सदस्यीय मानव अधिकार रक्षक संजाल बाँके गठन गरेको छ ।

थर्ड एलायन्सको पहलमा गठन भएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही तथा उत्तरदायी बनाउन एवम स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना दिलाउनका लागि संजाल गठन गरेको बताए ।

उनले मानव अधिकारका क्षेत्रमा गरिने सबै खालका गतिविधिमा निगरानी गर्ने र संजाललाई प्रभवकारी बनाउन थर्ड एलायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने जिकिर गरे ।

संजालको सहसंयोजकमा सियाराम धोबी,सचिव असलम भाट,सहसचिव सबित्री विश्वकर्मा,सदस्यहरुमा हिरा खत्री,प्रेम बिश्वकर्मा,जाहिद अहमद शेख,ओम प्रकाश यादव,अमृता कुमारी घर्ति,तुलसा घर्तिमगर,सुनिल चौधरी र रिया लामा रहनु भएको छ ।
संजालले आफनो प्रथम बैठक आज नै सम्पन्न गरेको संयोजक आरती बिकले बताउनु भयो । बैठकलाई सम्बोधन गर्दै संयोजक बिकले मानव अधिकार मैत्री स्थानिय निकायलाई बनाउन कुनै कसर बाँकी नराख्ने जिकिर गर्दै संजालले आफनो सदस्यहरुको संख्य बृद्धि गर्ने बताए ।

 

हामी मानव अधिकार कर्मी हरुले निर्धक र निशपक्ष रूपले हाम्रो समाजमा भै रहेको मानव अधिकार उल्लंघन का घटना हरु लाई बाहिर ल्याउने उद्देश्य रहेको सन्जालका सचिव असलम भाट ले भने।
सहज र सरल तरिकाले जनताको पहुच स्थानीय निकाय सम्म पुर्याउने, मानव अधिकार उल्लंघन गर्ने जो कोही लाई पनि कानूनी दायरामा ल्याएर जनतालाई मानवाधिकार को प्रत्याभूति गराउनको लागि हामी दिन रात खटेर काम गर्ने हाम्रो प्रतिब्द्धता रहेको असलमले जनाए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter