बिहिबार, १५ चैत २०८०

विदेशबाट फर्किएर उद्यमी बनेकाहरूलाई पुरस्कारका लागि आवेदन खुला

२२ चैत्र २०७४, बिहीबार १०:५६ मा प्रकाशित

काठमाडौं– वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा काम गरेर स्वदेश फर्किइ उद्यमी बनेकाहरूलाई पुरस्कारको लागि आवेदन खुला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वर्षेनी वितरण गर्ने पुरस्कारको लागि आवेदन खुला गरेको हो ।

मन्त्रालयले त्यस्ता व्यक्तिले ३० दिन भित्र आवेदन दर्ता गर्नकाले लागि मंगलबार सूचना प्रकाशन गरको छ ।वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई मन्त्रालयले सम्मान गरी उनीहरूको योगदानको कदर र स्वरोजगारीमा नेपाली नागरिकलाई प्रोत्साहन गर्ने उद्येश्यले पुरस्कृत गर्ने कार्यक्रम रहेका मन्त्रालयले जनाएको छ ।अघिल्लो वर्ष मन्त्रालयले एक जनालार्ई एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र छ जनालाई ५० हजारका दरले उद्यमी पुरस्कार प्रदान गरेको थियो ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ को अनुसूचि २ अनुसारको स्वीकृत ढाँचामा आवेदन भरी खामबन्दी गरी मन्त्रालयको ठेगाना ‘रोजगार समन्वय तथा तालिम शाखा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिहंदरवार, काठमाण्डौ’ मा पठाउन मन्त्रालयले आग्रह गरको छ ।उद्यमी पुरस्कारका लागि छनोट गर्दा १०० पूर्णांकमा मूल्यांकन गरिने उक्त कार्यविधिमा उल्लेख छ ।

यसअनुसार रोजगारी सिर्जना र पुँजी लगानीको अनुपातको २० अङ्क, स्थानीय साधन, स्रोत र प्रविधिको उपयोग २०, आयात प्रतिस्थापन/निर्यातमूलक उद्योग १०, अनुसन्धानमूलक वा आविष्कृत प्रविधिको प्रयोग १०, राज्यलाई तिरेको करको योगदान १०, दुर्गम एवम् विकट क्षेत्र वा गाउँघरमा उद्योग स्थापना व्यवसाय र सञ्चालन १०, महिला, मधेसी, आदिवासी, जनजाति, दलित, उपेक्षित र सीमान्तकृत वर्गलाई रोजगारी प्रदानका लागि १०, सामाजिक दायित्व बहन ५, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनका लागि ५ अंक तय गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter