बिहिबार, १५ चैत २०८०

यातायातको सिन्डिकेटविरुद्ध कठोर बन्दैे सरकार

एकैदिन ८ कम्पनीलाई इजाजत, यातायात बन्द गरे रुट परमिट नै खारेज

२२ चैत्र २०७४, बिहीबार ०९:२४ मा प्रकाशित

भक्तपुर । लामो समयदेखि सडकमा एकाधिकार जमाउँदै आएका यातायात व्यवसायीका लागि सरकार कडा रूपमा प्रस्तुत भएको छ । व्यवसायीको सिन्डिकेटविरुद्ध सरकारले रुट परमिट खारेज गर्ने सम्मको तयारी गरेपछि भक्तपुर, बनेपा, धुलिखेल र पनौतीसम्मको एकाधिकार तोडिएको छ ।

सरकारले यो कदमलाई तत्कालै देशभर बिस्तार गर्नसके ठूलै राहत हुने सर्वसाधारणको विश्वास छ । विभागले कानुनको पालना नगर्ने र इजाजत लिएर विभिन्न बाहनामा यातायात बन्द गर्ने सबै व्यवसायीको रुटपरमिट खारेजको प्रक्रिया सुरु हुने चेतावनी पनि दिएको छ ।
सार्वजनिक यातायात नै रोकेर आन्दोलनमा उत्रिएका व्यवसायीविरुद्ध सरकारले बुधबार मात्रै आठ वटा नयाँ कम्पनीलाई बनेपा–पनौतीसम्मको रुट परमिट दिएको छ ।

कोटेश्वर पूर्वका १३ वटा समितिले आपूmबाहेक अरूलाई इजाजत दिनै पाइँदैन भन्दै बुधबार यातायात बन्द गरेपछि सरकारले साझा यातायातको रुट विस्तार गरी धुलिखेलसम्म पु¥याएको छ । भक्तपुर र काभ्रेका यातायात व्यवसायीले नयाँ कम्पनीले इजाजत पाउनु हुन्न भन्दै सार्वजनिक यातायात बन्द गरेपछि सरकारले साझा लगायतका नयाँ कम्पनीलाई इजाजत दिएको हो । आन्दोलनपछि साझा र मयुर यातायातले धुलिखेलसम्म नै सेवा दिन थालेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । आठ वटा यातायात कम्पनीले बुधबारदेखि नै अस्थायी रुट लिएर गाडी चलाउन थालेको भट्टराईको भनाइ छ ।

विभागले मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको विरोधमा अरनिको, काभ्रे बस व्यवसायी लगायतले विरोध गर्दै बुधबार कोटेश्वर पूर्वको यातायात बन्द गरेका हुन् । उनीहरूले सेवा रोके बिहीबारदेखि नै थप कारबाही गरी ती रुटमा अन्य यातायात कम्पनीलाई स्थायी रुट दिइने विभागले चेतावनी दिएको थियो । विभागको चेतावनी लगत्तै व्यवसायीले बिहीबारदेखि नै विनासर्त यातायात सुचारु गर्ने भएका छन् । इजाजत पाए लगत्तै साझा यातायातले बुधबारदेखि नै बनेपा–धुलिखेल, बनेपा–पनौतीसम्म बस सञ्चालन गरेको छ ।

विभागको यो निर्णयपछि काभ्रे र भक्तपुरका यातायात व्यवसायीको सिन्डिकेट तोडिएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बुधबारबाट २० वटा गाडी बनेपा–धुलिखेलको लागि सञ्चालन गरेको जानकारी दिए । हामीले आजैदेखि २० वटा गाडी सञ्चालन गरेका छौँ’, दीक्षितले भने, ‘सरकार र स्थानीयलाई समस्या परेको समयमा हामीले साथ दिएका हौँ, अहिले अस्थायी मात्रै हो ।’

व्यवसायीले यातायात बन्द गरेपछि विभागले तत्कालै रुट परमिट लिन आउन अन्य यातायात व्यवसायीलाई आाह्वान गरेको छ । विभागले आह्वान गरेलगत्तै बुधबार नै आठ वटा नयाँ यातायात कम्पनीले इजाजत लिएका छन् । विभागले धुलिखेल–बनेपा– पनौतीसम्मको रुट परमिटका लागि आह्वान गरेको हो ।

यातायात बन्द नगर्न पटकपटक आग्रह गर्दा पनि व्यवसायीले अटेर गर्दै यातायात बन्द गरेपछि नयाँ रुटपरमिट दिनुपरेको विभागका निर्देशक तुलसीराम अर्यालले बताए । देशभरका सिन्डिकेटविरुद्ध विभाग कडा रूपमा प्रस्तुत हुने उनको भनाइ छ । विभागले सार्वजनिक यातायातलाई गुणस्तरीय र भरपर्दो बनाउन सबै यातायात व्यवसायीलाई सचेत पनि गराएको छ ।

विभागले रुट इजाजत लिने तर सेवा नदिने त्यस्ता यातायात व्यवसायीको रुट इजाजत खारेज गर्ने चेतावनीसमेत दिएको छ । कानुन बमोजिम यातायात सेवा निरन्तर सञ्चालनमा नल्याए त्यस्ता यातायाताको रुट इजाजत खारेज हुने पनि विभागका निर्देशक अर्यालले चेतावनी दिए । विभागले सवारी तथा यातायात व्यवस्था ऐनअनुसार रुट इजाजत लिएका सवारी साधन सञ्चालनमा नआए इजाजत खारेज गर्नेतर्फ यातायात व्यवसायीलाई सचेत गराउँदै आएको उनको भनाइ छ ।

sabhaar: sourya Daily

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter