शुक्रबार, १६ चैत २०८०

“दिल की आवाज़” गजल संग्रहको लोकार्पण सम्पन्न

चैत्र-१६, काठमांडौ

१६ चैत्र २०७४, शुक्रबार २२:४७ मा प्रकाशित

दिल की आवाज़ सुनो
प्यार का साज सुनो ।

कल मिले न मिले
आज हैं , आज सुनो ।

आदमी को आदमी होना जरूरी है ।
दिल की अन्दर प्यार का होना होना जरूरी है ।

नेपाली,उर्दू र हिन्दी भाषामा गजल रचना गर्ने बरिष्ठ कवि डा कृष्ण जंग राणा द्वारा लिखित “ दिल की आवाज़ – हिन्दी गजल सङ्ग्रह” पुस्तक
आज काठमांडौ को एक कार्यक्रम मा लोकापर्ण गरिएको छ ।

डाक्टर कृष्ण जंग राणा द्वारा लिखित यो १९औँ गजल सङ्ग्रह हो ।

लोकार्पण कार्यक्रम को विशिष्ट अतिथि पूर्व प्रधानमंत्री लोकेन्द्र बहादुर चन्द्र ले आफ्नो मंतब्य राख्दै राणा
काब्य उपासनामा महारत हासिल गरेका ‛ गालिब का अंदाज़े बयां ही कुछ और होता है ‘ भनि प्रसंशा गरे ।
राणा को रचना मानवताबाद मा आधारित रहेर दिल को आवाज़ सुनेर असल बन्न मद्दत गर्ने गर्दछ ।

भावनात्मक रुपमा दिल मानिसको प्रेरणा हो । र यसले लेखक लाई प्रेरित गरेको बताउदै पूर्व प्रधानमंत्री ले गजल प्रकाशित भएकोमा खुशी ब्यक्त् गरे ।

वास्तविकता मा आधारित
जीवन को सत्यता लाई रचना गरिएको त्रिभुवन बिश्व बिद्यालय को हिन्दी विभाग प्रबन्धक डाक्टर संगीता बर्माले आफ्नो क़ुरा जाहेर गरिन ।

किसी को जुदाई का मातम न देना
कभी आंख में कोई शबनम न देना ।

वफ़ा तो हमेशा वफ़ा ही रहेगा
उसे बेवफाई का आलम न देना ।

शहर के किनारे मेरी झोपड़ी है
मुझे तुम महल का भी परचम न देना।

लेखकको उक्त गजल शांति बर्मा ले गाउदा
महफ़िल नै वाह वाह क्या बात है
भन्ने आवाज़ ले गुंजायमान हुदै गएको थियों ।
झन्डै ६० बर्ष नाघेका राणा को गजल
अतन्त्य सूफियाना अंदाज़ मा लेखिएको र इश्क मिजाजी कम र इश्क हकीकी बढ़ी रहेको टिपण्णी कर्ता हरूको भनाइ थियो ।

आयोजक उर्दू अकेडमी नेपालका अध्यक्ष इम्तियाज वफ़ा, साहित्य अकेडमी नेपाल का अध्यक्ष तथा उर्दू अकेडमी नेपालका पूर्व अध्यक्ष साकिब हारूनी , महफ़िल काब्य उपासना का अध्यक्ष एवं बरिष्ठ साहित्यकार चेतन कार्की, काब्य संचालक सन्त कबीर बस्ती, हिन्दी कवि गोपाल अश्क जस्ता साहित्यकार हरूले गजलकार डाक्टर राणा को सम्मान गर्दै साहित्यिक क्षेत्रमा उनको योगदान को प्रसंशा गरे।उर्दू शायर जमशेद अंसारी ,सहर महमूद को उपस्तिथि पनि थियो ।

 

डाक्टर कृष्ण जंग राणाको जन्म ई स १९५७ मा पाल्पा मा भएको थियो ।
ऊनि हर्ट क्लब नेपाल पूर्व अध्यक्ष हुन भने बिश्व स्वास्थ्य संग लगायत थुप्रै संस्था मा संलग्नता रहेको छ ।
देशको लागि मन दुखाऊ , मेरो गीत तिम्रो लागि, जीवन की गलियों में , प्यार का तोहफा मंजिल की खोज जस्ता सङ्ग्रह हरु उनको प्रमुख कृति हुन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter