शनिबार, ०८ बैशाख २०८१

प्रेमलाई बचाउन रु एक लाख ७० हजार

१६ चैत्र २०७४, शुक्रबार ११:१९ मा प्रकाशित

इलाम, १६ चैत (रासस) ः साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् ।

मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन गरेको रु एक लाख ७० हजार ५७८ परिवारमार्फत प्रेमबहादुर राई बचाउ अभियानलाई प्रदान गरिएको हो ।

उक्त संकलित रकम इलाम प्रदेश नं २ का सांसद धीरेन्द्र शर्माले अभियानलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले राईलाई साउदी जेलबाट छुटाउन आफूलगायत सरकारले समेत पहल गर्ने बताउनुभयो ।

सन् २०१२ मा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका प्रेम बिदामा घर आएर पुनः सन् २०१६ मा साउदी गई कम्पनीको गाडी चलाएका बेला उनले चलाएको गाडी बाटैबाट हराएको थियो ।

गाडीमा रहेको केवलतार हराएपछि उनलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिएको थियो । सो सजाय भुक्तान गरी घर फर्कने क्रममा पुनः पक्राउ गरी कम्पनीले तीन लाख १० हजार रियल (नेपाली रु ९५ लाख) जरिवाना लगाएको थियो । फैसलाबमोजिमको रकम नबुझाएसम्म कारागारनै बस्नुपर्ने भएकाले उनको जीवन रक्षाका लागि अभियान सञ्चालन भइरहेको छ ।

प्रेमको पीडादायी अवस्थाको समाचार बाहिर आएलगत्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रेमबहादुर राई बचाउ अभियान समिति गठन भई रकम संकलन भइरहेको अभियान दानाबारीका संयोजक दुर्गाराज शंकरले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter