मङ्गलबार, ०६ चैत २०८०

क्रिकेटमा उदाउँँदै नया अनुहार अल्फाज मंसूरी

चैत्र -१५, काठमांडौ

१५ चैत्र २०७४, बिहीबार १३:५६ मा प्रकाशित
  • २२ वटा टीम लाई सहभागी गराई एक्सपर्ट कोलेज प्रीमियर लीगको फाइनलमा गोल्डन गेट काठमांडौ बिजयी भएको छ ।

    टस जितेर ब्याटिङ गरेको गोल्डेन गेट कलेजले २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाउदैं १४४ रन बनाएकोे थियो । उस्का लागी रविन्द्र जंग शाहीले ५३ रन र अल्फाज मन्सुरीले ३२ रन जोडेका थिए । बलिङ तर्फ ब्लू बर्डका शंकर पौडेलले ४ ओभर ३२ रन ४ विकेट लिएका थिए । प्रतिउत्तरमा उत्रेका ब्लू बर्डले कलेजले १९ ओभरमा आफ्ना सबै विकेट गुमाउदै केबल ८२ रन बनाउन सफल भएको थियो । उस्का लागी दुर्गेश थापाले १८ रन जोडेका थिए । बलिङ तर्फ गोल्डन गेट कलेजका सोरभ सिहं पेलाले ४ ओभर ११ रन र ३ विकेट लिएका थिए ।

उक्त्त खेल गोल्डन गेट कलेजले ६२ रनले जितेको थियो र म्यान अफ द म्याच अल्फाज मंन्सुरी घोसित भएका थिए ।बीरगंज पर्सा जिल्लामा घर भएका अल्फ़ाज़ हाजी अतिउल्लाह मंसूरी का छोरा हुन

अल्फ़ाज़ मंसूरीले सन २०१२ मा मलेशिया मा भएको U16 खेल मा सहभागी भएका थिए ।

यही सन्दर्भ मा अल्फ़ाज़ मंसूरी र केअर खबर डट कम बीच भएको कुराकानी लाई हामी यहां प्रस्तुत गर्दै छौँ ।

१. तपाई कसरी क्रिकेट खेल्न तिर आकर्षित हुनु भयो ?

बि स २०६५ मा आफू पढ़ी रहेको बिद्या सदन बिद्यालय पर्सा टीममा सामेल भएर फाइनल मैच जितेका थियौँ । धेरै खुशी लाग्यो र त्यो जीत ले मेरो मनमा कौतूहलता ल्यायो साहस बढायो र क्रिकेट क्षेत्रमा आफू राम्रो गर्न सक्ने सम्भावना देखें ।
र त्यही बेला मैले गरेको प्रदर्शन बीरगंज निवासी ज़हूर अंसारी ले देखे र मेरो धेरै प्रसंसा गरेका थिए । बिद्या सदन बिद्यालय ले म भित्र सिर्जित भएको भएको सपना लाई साकार बनाउनु पर्छ भन्ने धारणा वयक्त गर्नुको साथै सहयोग गर्न लागि कुनै कसर बाकी राखेन।

मलाई
क्रिकेट प्रशिक्षण दिने ज़हूर ले नै मलाई बिस्तारै आफू संग खेल्न बोलाई रहे र धेरै क़ुरा हरु सिकाउदै लगे । ऊनि सँगै खेल्दै सिक्दै म भित्र झन प्रोत्साहन बढ्दै गयो । फलस्वरूप म धेरै ठाउँ मा खेलने अवसर पाएं । अनेकौँ पुरुष्कार बाट सम्मानित पनि भएँ ।

२.यसरी अगाडि बढ्दै जादा
तपाई लाई कस्ता खाले समस्या हरुको सामना गर्नु पर्यो?

हेर्नुस , मान्छे लाई कुनै समस्या आउदैन । उसले आफ्नो बाटो मा आएको उतार चड़ावहरु लाई कसरी लिने हो त्यो आफू मा निर्भर पर्छ । लक्ष्य स्पष्ट राखेर त्यसको परिपूर्ति गर्न तिर अगाडि बढ्दै जादा आएको दुःख कष्ट हरु लाई सामान्य लिनु पर्छ । कुनै पनि क्षेत्रमा सफल हुन अनुसाशन नै ठुलो भूमिका हुने गर्दछ ।
म आफ्नो पढाई को साथै खेल लाई पनि निरन्तरता दि रहदा कहिके काहीं अप्ठ्यारो हुने गर्दछ । आज कल दुबै ब्यवस्थित तरीकाले गई रहेको छ।
बुवा आमा हरुले चिन्ता बयक्त गर्दथे अहिले पनि गर्छन । क्रिकेट खेलेर जीवन यापन गर्न गाह्रो छ भन्ने आमा बुवा को क़ुरा आई रहन्छ । यस्तो सानो सानो क़ुरा अलझिनु हुदैन । खेल प्रेमी साथी हरुले निराश हुनु हुँदैन । प्रायः खेलाड़ी हरु निरास भएर असफल भएको पनि पाइन्छ ।

३.
तपाई को भविष्य मा कहां समम् पुग्ने लक्ष्य बनाउनु भएको छ ?

आफू पनि राष्ट्रीय टीममा सामेल हुने इच्छा राखेको छू ।अंतर्राष्ट्रीय स्तर मा आफ्नो राष्ट्र को प्रतिनिधित्व गर्ने र बिश्व जगत माझ उदाहरणीय टीम को रुपमा प्रस्तुत गर्न यो जीवन को अन्तिम लक्ष्य हुने छ ।

४ . नेपाली क्रिकेट लाई अझ राम्रो बनाउन सरकारले कस्ता खाले कदम चाल्दा राम्रो हुनेछ ?

युवा र बिद्यार्थी हरु को चाहना राम्रो खेल्नु रहेको छ भने बूढा पाखा समाजिक अगुवा हरू मा हाम्रो देशकाb खेलाड़ी हरु पनि अंतरराष्ट्रीय स्तर मा दमदार प्रस्तुति हेर्न उत्सुकता छ । बर्तमान परिस्थितिमा क्रिकेट ले दुई देश बीच सुमधुर सम्बन्ध गास्ने माध्यम बन्दै गएको छ । खेलमा राम्रो गर्ने हरूको गाउँ घर तिर धेरै ठुलो जनशक्ति छ । खेलमा राम्रो सन्तुष्टिजनक अवसर दिन सक्ने वातावरण सरकार ले सृजना गर्न सक्नु पर्यो। गाउँ देखि राष्ट्रीय स्तर समम् अनेकौँ प्रतिस्पर्धात्मक खेल हरु गर्दै जानू पर्यो। किर्केट मा जानकार भएका खेलाड़ी हरु बाध्य भएर बिदेशिनु पर्ने अवस्था आएको छ । यावत क़ुरा हरु लाई राम्री बुझेर सकारात्मक गुणस्तरिय खाल को जनशक्ति तयार गर्न तिर चौतर्फी ध्यान दिनु पर्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter