बिहिबार, १५ चैत २०८०

प्रदेशसभा सदस्य अंसारी र संघर्ष समिति बिचको वार्ता सकारात्मक

६ चैत्र २०७४, मंगलवार २१:२७ मा प्रकाशित

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालय र आन्दोलनरत्त संघर्ष समितिबिच भएको वार्ता सकारात्मक भएको जनाइएको छ । गाउँपालिकाको सेवा केन्द्र र नामाकरणको लागि सखुवाप्रसौनीबासी आन्दोलन गर्दै आएका हुन । सोमवार श्रीपुर पचगाँवामा संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला बरिष्ठ उपाध्यक्ष एवं प्रदेश सभा सदस्य मंजुर अंसारी र आन्दोलनरत्त संघर्ष समितिका संयोजक एवं नेपाली काँग्रेसका बुथ सभापति जयराम थारुको नेतृत्वमा रहेको टोलीबिच भएको वार्ता सकारात्मक भएको प्रदेशसभा सदस्यका स्वकिय सचिव राजा हुसेन अंसारीले जानकारी दिनु भयो ।

संघर्ष समितिका तर्फबाट चन्द्रिका सहनी, जयलाल साह, फुलमति चौाधरी, बागड चौधरी र प्रदेससभा सदस्य मंजुर अंसारी बिच भएको वार्ताबाट संघर्ष समितिका तर्फबाट ७ जना र गाउँपालिका प्रमुख प्रदिप जैसवालको तर्फबाट ७ जनाको टोली चैत्र १० गते शनिवारका दिन सखुवा प्रसौनी वडा नं. ४ को देउरवाना बजारको वडा भवनमा पुनः वार्ता बस्ने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

सो अवसरमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्चार्ज महेश बस्नेत, सशस्त्र प्रहरी बल बागेश्वरी तित्रौनाका इन्चार्ज लगायत ५० जनाको सहभागीता रहेको थियो । सखुवा प्रसौनी गाउँपालिकाको सेवा केन्द्र महुवन सार्ने र गाउँपालिकाको नाम पारसनाथ सखुवाप्रसौनी गाउँपालिका गर्ने निर्णय गरेपछि स्थानियबासीहरु आन्दोलित भएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter