मङ्गलबार, ०६ चैत २०८०

नेपाली क्रिकेट टाेली साेमबार नेपाल फर्किदै

४ चैत्र २०७४, आईतवार २१:११ मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली सोमबार साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ ।

विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो ।

सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा रहन सफल भएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter