मङ्गलबार, ०४ बैशाख २०८१

नेपाली मुस्लिमहरुको अन्तर्राष्ट्रिय समाज गठन

के बि मियाँ

३ चैत्र २०७४, शनिबार २०:२६ मा प्रकाशित

दोहा। कतारको राजधानी दोहामा भएको मुस्लिम बुद्दिजिवीहरुको एक भेलाले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको गठन गरेको छ।
वैदेशिक रोजगारलगायत विभिन्न कारणले विदेशमा रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा ल्याई संगठित रुपमा समुदाय तथा  राष्ट्र सम्वृद्दिको अभियानमा सकृय रहन समाजको गठन प्रक्रिया बढाईएको अन्तर्राष्ट्रिय संयोजकमा चयन भएका प्रोफेसर रमजान अली मियाँले बताए।
समाज गठनको प्रारम्भिक पक्षलाई पुरागरी आगामी शुक्रबार विशेष पत्रकार सम्मेलन मार्फत समाज गठन तथा उद्देश्यबारे प्रकाश पारिने नवगठित समितिकाअध्यक्ष मुक्तदा मुसलमानले जानकारी दिएका छन्।
नेपाली  मुस्लिम समुदाय विशेष गरिभाषा, भूगोल र रितिस्थितिका हिसाबले तीन फरक सभ्यतामा परापुर्वकालदेखी बसोबास रहँदैआएको यथार्थलाई मध्यनजर गरि समाजको  ढाँचा निर्माण गरिने महासचिव मोहम्मद मजीद मियाँले बताए।

हामीले तीन उपाध्यक्षको अवधारणा सहित संगठन निर्माण गर्नेछौं।
उक्तभेलाले प्रोफेसर रमजान अली मियाँलाई अन्तर्राष्ट्रिय संयोजक तोकेको छ।

कार्यसमितिमा मुक्तदा मुसलमानको अध्यक्षतामा एक्काईस सदस्सीय प्रारम्भिक समिति चयन गरेको छ।जसमा उपाध्यक्षहरु अब्दुल करीम मियाँ, अख्तर हुसैन गद्दी, मौलाना अब्दुल खालीक रहेका छन्।महासचिवमा मोहम्मद मजीदमियाँ, सचिवमा अलिबाबु पौडेल र मोहम्मद तनवीरआलम, महिला संयोजकमा अमीना खान, अन्तर्राष्ट्रिय कोषाध्यक्षमा सोहैलअख्तरअन्सारी  र सहकोषाध्यक्षमा रहमत हुसैन रहेका छन् ।

त्यसैगरी भेलाले करिमबक्स मियाँको संयोजकत्वमा सात सदस्सीय सल्लाहकार समिति चयन गरेको छ।सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार मोहम्मद हुसैन खान, सल्लाहकारहरुमा मोहम्मद अजीज अली, मोहम्मद याकुव  राईन, मौलाना अयुब अली, र अब्दुल बासीद चयन भएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter