मङ्गलबार, ११ बैशाख २०८१

खबरदार ! संविधानकाे धारा ७६(९) काे उल्लंघन नगर – जाकिर हुसैन, पूर्व मन्त्री

२ चैत्र २०७४, शुक्रबार १४:०७ मा प्रकाशित

केयरखबर । काठमाडाैं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका महासचिव तथा पूर्व राज्यमन्त्री माेहम्मद जाकिर हुसैनले प्रधानमन्त्रीलाई संविधानकाे धारा ७६(९) ले मन्त्रीमण्डल समावेशी बनाउनु पर्ने प्राबधान राखेकाे हुँदा संविधान कार्यान्वयन हुने अवस्थामा संविधानकै अबहेलना हुने गरी असमावेशी सरकार गठन गरेमा मुस्लिम समुदाय सरकारविरूध्द अान्दाेलनमा उत्रने चेतावनी दिएका छन् ।

केयरखबर डटकमसित संक्षिप्त कुराकानी गर्दै गठबन्धनका महासचिव हुसैनले पाँचवटै राष्ट्रिय पार्टीले राष्ट्रियसभामा कुनै मुस्लिमलाई उम्मेदवार नै न बनाई राष्ट्रियसभालाई मुस्लिमबिहीन असमावेशी माथिल्लाे सदनकाे रूपमा प्रस्तुत गरेर ऐतिहासिक  भूल गरेकाे अाराेपसमेत लगाएका छन् ।

उनले संक्षिप्त कुराकानी गर्दै भने, “वर्तमान संविधानकाे धारा ७६(९) मा संघीय मन्त्रीमण्डल समावेशी हुनुपर्ने उल्लेख भएकाे छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा अाेलीले कुनै एकजना मुस्लिम सांसदलाई कम्तिमा पनि सहायक मन्त्री बनाउनै पर्छ अन्यथा सरकारले पूर्णता पाउन सक्दैन र मुस्लिमलाई छुटाएर मन्त्रीमण्डललाई पूर्णता दिएकाे खण्डमा त्याे मन्त्रीमण्डल अबैध र अमान्य हुनेछ ।

हामी अदालतकाे ढाेका ढक्ढक्याउन बाध्य हुनेछाैं ।” हुसैनले, “संविधान कार्यान्वयन हुने क्रममा पटक पटक एउटा समुदाय विशेषलाई पाखा लगाउने परिपाटी बसेमा यसले संविधानवाद र लाेकतन्त्रलाई नै ठूलाे अाँच पुग्नेछ । यसले लाेकतन्त्र कमजाेर बन्दै जानेछ”, भने । कानूनहरू बनाउन ढिलाे गरिएकाेले लाेकसेवा अायाेग, शिक्षा सेवा अायाेग, निजामती सेवा र सुरक्षा निकाय अादिकाे नियुक्तिहरूमा समेत मुस्लिम समुदाय राज्यकाे समावेशी नीतिबाट वञ्चित रहनु परेकाे हुसैनले बताए ।

उनले मिडियाहरूमा विभिन्न पार्टीहरूबाट मन्त्रीमण्डलमा समावेश हुने व्यक्तिहरूकाे नाम प्रकाशन हुँदा कुनै मुस्लिम सांसद वा नेताकाे नाम नदेखिएकाे हुँदा यस्ताे चेतावनी दिन बाध्य भएकाे बताए । वर्तमान सरकारमा संघीय समाजवादी फाेरम पनि शामेल हुने खण्डमा सत्ता पक्षकाे मुस्लिम सांसदकाे संख्या पाँच हुनेछ । संघीय समाजवादी फाेरमबाट माेहम्मद इश्तियाक राई मन्त्री बन्ने सम्भावना र चर्चा बढी छ । उनले प्रत्यक्ष निर्वाचन जितेर संसद छिरेका छन् ।

उनी पहिले पनि श्रम मन्त्री रहिसकेका अनुभवी तथा हाेनहार नेता हुन् । साेही पार्टीबाट रूही नाज पनि मुस्लिम सांसद छिन् । उनले मन्त्री मण्डलमा कुनै दावेदारी गरेकाे सुनिएकाे छैन । नेकपा एमालेका कलिला खातुन र समिना हुसेनले दाबीदारी गरेका छन् । त्यस्तै नेकपा (माअाेवादी केन्द्र) सँग शेख चान्द तारा एक मात्र मुस्लिम सांसद छिन् । पार्टीमा नयाँ भएकाेले उनले पनि मन्त्री मण्डलमा खासै दावेदारी गरेकाे सुनिएकाे छैन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter