मङ्गलबार, ०६ चैत २०८०

सन् २०२० मा हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा १६ राष्ट्र खेल्ने

१४ फाल्गुन २०७४, सोमबार १९:४४ मा प्रकाशित

सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा १६ राष्ट्र रहने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जानकारी दिएको छ । आईसीसीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वकप छनोटको मापदण्ड निर्धारणा गरेको हाे ।

आईसीसीले उल्लेख गरेअनुसार २०१८ को डिसेम्बरसम्म आईसीसीको टि–ट्वान्टी र्याङकिङको टप टेनमा पर्ने राष्ट्र विश्वकपका लागि स्वतः छनोट हुने छन् । बाँकी ६ राष्ट्रको टुंगो भने विभिन्न छनोटबाट हुने छन् ।

विश्वकप खेल्ने बाँकी ६ राष्ट्रको टुंगो आईसीसीले सन् २०१८ अन्त्यसम्म सम्पन्न हुनेगरी कुल ६१ राष्ट्रको सहभागिता रहने १२ रिजनल छनोट प्रतियोगिता गर्दै छ । रिजनल अन्तर्गत अफ्रिका र युरोपमा समान ३–३, अमेरिका र एसियामा समान २–२ र इष्ट एसिया प्यासिफिकमा २ वटा छनोट प्रतियोगिता हुने छ ।

१२ रिजनल छनोटबाट २५ राष्ट्र अघिल्लो चरणमा पुग्ने छन् । त्यस्तै, सन् २०१९ मा २५ टिमहरूबीच फाइनल छनोट हुनेछ । यहाँबाट छनोट भएका ७ राष्ट्र विश्व कप छनोटमा प्रवेश गर्ने छन् ।

आईसीसीको टप–१० बाट बाहिरिएका ६ टिम र अन्तरमहादेशीय छनोटबाट छनोट भएका ७ राष्ट्र गरी कुल १३ राष्ट्रले विश्वकप छनोट खेल्ने छन् । जहाँबाट ६ छनोट भएका टिम सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको लागि छनोट हुने छ ।

एजेन्सी

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter