बिहिबार, १५ चैत २०८०

दाेस्राे पटक मन्त्रीपरिषद विस्तार : अर्थमा खतिवडा, उधाेगमा मात्रिका

योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय

१४ फाल्गुन २०७४, सोमबार १७:२३ मा प्रकाशित

काठमाडौं, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।

गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार  एमालेका दुई र माओवादीका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने  पूर्व गर्भनर डा.युवराज खतिवडा  अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै माओवादीबाट  मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् भने मातृका यादवले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा सपथ लिएका छन् ।

थपिएका चारैजना नयाँ मन्त्रीहरूले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।

यसअघि एमालेका लालबाबु पण्डितले जनसंख्या तथा वाताबरण मन्त्री र  थममाया थापाले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter