शनिबार, ०८ बैशाख २०८१

माओवादीकाे कर्णाली प्रदेशको मुख्य सचेतकमा नेपाली

कर्णाली प्रदेश

१४ फाल्गुन २०७४, सोमबार ०४:४५ मा प्रकाशित

सुर्खेत, १४ फागुन ।  नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिनुभयो । संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण भएपछि मात्रै चयन गरिने सांसद शाहले बताउनुभयो ।

पार्टीका तर्फबाट प्रदेश सरकारको मन्त्री बन्ने दाबी गरेकी सांसद नेपाली कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतक बन्नुभएको छ । सांसद नेपाली दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेतबाट सांसद भएर प्रतिनिधिसभामा संसदीय दलको सचेतक बन्नुभएको थियो ।

रासस

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter